This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Saturday, September 7, 2019

गजल

माग्नु परे तपाइँ सबै अटुट माग्नुहुन्छ ।
नमस्तेको आदत मेरो स्यालुट माग्नुहुन्छ ।

ढाका टोपी दौरा सुरुवाल पहिचान बिर्सिनु भो ।
शहर झर्या अर्को दिनमै टाइ सुट माग्नुहुन्छ ।

रेस्टुरेन्टमा सान सङ्ग टिप्स दिने तपाई आफै,
फुटपाथमा पोलेको मकैमा छुट माग्नुहुन्छ ।

न हजुरले बुझाउनु भो न म आफै बुझ्न सके,
पावर वाला चस्मा पनि टुटफुट माग्नुहुन्छ ।

अशोक गौतम "क्षितिज"
बुटवल, रुपन्देही ।

Tuesday, August 21, 2018

गजल- सान रवि को

कति छिट्टै चुलिएको सान रबि को ।
कसले गर्न सक्छ यहाँ बयान रबि को ।

ग्रीनकार्ड अमेरिकी पासपोर्ट त्यागे उनि,
दिल खोलेरै गर्नु पर्छ सम्मान रबि को ।

सिधाकुरा जनतासङ्ग नछुटाइ हेर्छन,
विश्व भरी छरिएका फ्यान रबि को ।

कति चेली उद्दार गरे कालकोठरी बाट,
कसले भुल्न सक्ला र योगदान रबि को ।

भ्रष्टाचारी, चेली बेच्ने दलाल तह लाए,
तिनै बाट खतरा छ ज्यान रबि को ।

अशोक गौतम क्षितिज
बुटवल, रुपन्देही ।

Thursday, May 31, 2018

गजल

होनहार युवा गांजा खायो, चुरोट पियो रक्सी पियो ।
मैले  नखा भने, तेरो के खाको छु भन्यो जवाफ दियो ।

आफ्ना बाउ-आमा बृद्धआश्रम मा लगेर छोडेको छोरो,
आफू बाउ बन्यो अनि बल्ल बाउ आमा सम्झियो ।

आफ्नै बाबु बाट बलात्कृत छोरी न्याय खोजिरहेछिन,
न्यायाधीश भन्छ  प्रमाण पुगेन र अभियुक्त छाडियो ।

होटलको कोठा कोठा जान्छ प्रहरी अनि छापा मार्छ,
र भन्छ यौनमा लिप्त दर्जनौं जोडी पक्राउ गरियो ।

खेल्दै गरेको अबोध बालकको गाडिले ज्यान लियो,
बिडम्बना गाडिमा "सेभ द चिल्ड्रेन" लेखिएको थियो ।

रेमिट्यान्स को पोखरीमा डुबुल्की मारेको ए सरकार,
स्वागत कसरी हुन्छ ? प्रदेशी रातो बाकसमा फर्कियो ।

अशोक गौतम  क्षितिज
बुटवल, रुपन्देही ।
३१ मे २०१८